
११ आश्विन, २०७८
नेशनल लाइफ इन्स्योरेन्स क.लि पाल्पा शाखाले अभिकर्ता ,परिश्रमिक योजना तथा सम्मान गरेको छ ।पाल्पा शाखा प्रमुख उमापति गैरे को अध्यक्षयता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संगिता भट्टराई रहनु भएको थियो । शाखाले उत्कृष्ठ कार्य गरेको भन्दै ८१ जना अभिकर्ता लाई सम्मान गरेको छ । कार्यक्रममा १ करोड भन्दा माथि विमा गर्ने विमित लाई समेत समान गरेको शाखा प्रमुख उमापति गैरेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संगिता भट्टराइले साथ दिई सहयोग गर्नु हुने सम्पुर्ण अभिकर्ता ,तथा बिमित लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष तथा पाल्पा शाखा प्रमुख उमापति गैरले विमा गर्ने व्यक्ति लाई भविष्यमा समस्या आई परे पनि आफु तथा परिवारलाई आथिक समस्या कम हुने हुनाले सबैले सक्दो खालको विमा गर्न अथवा गराउन अभिकताहरुले प्रोत्सान गर्नुपर्ने बताउनु भयो ।उहाले विमाले घाटा नगरि नाफा हुने,तथा भविष्यमा साहारा बन्ने हुनाले परिवारको लागी भएपनि विमा गरेर ढुक्क भएर बस्न आम नागरिकलाई आग्रह गदै, नेशनल लाइफ इन्स्योरेन्स क.लि पाल्पा शाखालाई विश्वास गरेर आजसम्म सहकार्य गरी यहाँ सम्म आउन सहयोग गर्ने सबैमा आभार प्रकट गनुभयो । अर्जुन अधिकारी को स्वागत मन्तव्य तथा लोक बहादुर रेश्मीको सचांलन कार्यक्रम सम्पन्न भएको थियो ।












