
दिपक भट्टराई,असोज १४
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा बृहत् पोषण प्रशिक्षक प्रशिक्षण आधारभुत क्षमता अभिवृद्धि सम्बन्धि १ हप्ते तालिम सुरु भएको छ । यु एस ए आई डी,सुआहारा कार्यक्रमको सहयोग र रिब्दीकोट गाउँपालिकाको आयोजनामा तालिम सन्चालन भएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य कर्मीहरूलाई पोषण सम्बन्धि आधारभुत क्षमता अभिवृद्धि तालिम गर्ने लागिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जनाकारी दिनुभयो ।
निमित प्रमुख प्रशासकिय अतिकृत तथा शिक्षा अतिकृत मणि प्रसाद खनालको अध्यक्षयता तथा लेखा अधिकृत मन्जु पन्थी प्रमुख अतिथि रहेको कार्यक्रमको स्वागत तथा तालिमको उदेश्य र महत्व, माथि स्वाथ्य शाखा प्रमुख सुनिल अधिकारीले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै लेखा अधिकृत तथा प्रमुख अतिथि मन्जु पन्थीले मानिसहरूमा पौष्टिक आहार विहारको उपभोग सन्तुलन नहुदा स्वास्थ्य दिन प्रतिदिन जटिल बन्दै गएको अवस्थामा स्वास्थ्य कर्मीहरूको माध्यमबाट गाउँपालिकाले नागरिकहरूलाई सचेत बनाउनका लागि बृहत् पोषण तालिम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा शिक्षा अतिकृत मणि प्रसाद खनाले बृहत् पोषण प्रशिक्षक प्रशिक्षण सम्बन्धि १ हप्ते तालिमले सहभागीहरुमा पोषण सम्बन्धि व्यवहारका लागी सकारात्मक सुधारमा सहयोग पुयाउने बताउदै ,सबै सहभागीहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरेमा मात्र ज्ञान,सिप तथा क्षमता विकास गर्न सकिने बताउनु भयो । साथै पोषण सुधारमा के कस्ता प्रयासहरु गर्न सकिन्छ भनेर तालिममा सिकिने हुँदा तालिम महत्पुर्ण रहेकाले सहभागीहरुलाई उत्साहाका साथ सिक्नको लागी आग्रह गर्नुभयो ।
तालिमको उदेश्यको तथा महत्व बारे बताउदै स्वाथ्य शाखा प्रमुख सुनिल अधिकारीले पोषण सम्बन्धि व्यवहार सुधारका लागी परामर्श तथा छलफल विधिद्धारा ज्ञान तथा शिप र धारणमा सकारात्कम परिर्वतन गर्न पोत्साहान पुयाउने हुदा तालिमबाट कुपोषण व्यवस्थापनका लागी प्राविधिक ज्ञान समेत प्राप्त हुने बताउनु भयो ।
एक हप्ता सम्म संचालन हुने तालिम गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी,स्वास्थ्य कर्मी हरि कुमालले सहजिकरण गर्ने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रमको सञ्चालन गाउँपालिकाका कर्मचारी शिव जि..गर्नुभएको थियो ।












