
दिपक भट्टराई असोज १४
विगत २२ वर्ष देखि भारतको दिल्लीबाट सिधा नेपालको बड्र सम्म साना तथा ठुला गाडीहरु सन्चालन गर्दै आएको सुपा देउराली टुर सम्म एण्ड टावल्सले यही असोज १५ गते अर्थात अक्टुबर १ गते देखि भारतको दिल्ली लगायत विभिन्न ठाउँबाट सिघै नेपालका बुटवल र अर्घाखाँची सम्म ए.सि तथा नन ए.सि साना तथा ठुला गाडीहरु सन्चालन हुन लागेको सुपा देउराली टुर सम्म एण्ड टा«वल्सका सस्थापक अध्यक्ष कुष्ण पौडेलले जानकारी दिनुभयो । पश्चिमनेपाल बस व्यवसायी प्रा.लि र सुपा देउराली टुर सम्म एण्ड टावल्सको सहकार्यमा भारतको दिल्लीबाट अर्घाखाँची र बुटवल सम्मको टिकट काटेर यात्रु ल्याउने र लैजाने सुविधा भएको सुपा देउराली टुर सम्म एण्ड टावल्सका सन्चालक शोभाखर पन्थीले बताए । हामीले यात्रुहरुको सुविधालाई मध्यनजर गदै थप सेवा विस्तार गर्न लागेको छौ उनले बताए ।





कोरोनाका कारण केहि समय बन्द रहेको सेवा पृन सन्चालनमा आएको छ । यसरी भारतका विभिन्न ठाउँबाट सिघै नेपाल सम्म आएन पाएकोमा भारतमा काम गर्ने नेपालीहरुले खुसी व्यक्र गरेका छन । यसरी भारतबाट नेपाल सम्म यातायात सन्चालन गर्ने सुपा देउराली टुर सम्म एण्ड टावल्स सबै भन्दा पुरानो टावल्स हो









