
दिपक भट्टराई, १६ आश्विन, २०७८



ज्योति लाइफ इन्स्योरेन्स क.लि पाल्पा शाखाले, शाखामा उत्कृष्ट कार्य गरेको भन्दै २८ जनालाई सम्मान गरेको छ ।वर्ष २०७७ -७८ मा पाल्पा शाखामा उत्कृष्ट कार्य गर्ने वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर, तथा सहायक एजेन्सी म्यानेजर, गरी २८ जनालाई सम्मान गरेको पाल्पा शाखा प्रमुख पारस प्रोखरेलले जानकारी दिनुभयो ।
साथै शाखाले अभिकर्ताहरुलाई पुनरताजकि , प्रशिक्षण कार्यक्रम समेत गरेको छ ।जीवन विमालाई विस्तृत तथा हरेक नेपालीहरुको पहुँचमा पुयाउने र उदेश्यमा कसरी पुग्न सकिन्छ काम गर्दा अभिकर्ता तथा एजेन्सी म्यानेजर हरुले कसरी काम गर्ने र थप उपल्ब्धी प्राप्त गर्न सजिलो होस भनि पुनरताजकिय , प्रशिक्षण कार्यक्रम राखिएको पाल्पा शाखा प्रमुख पारस प्रोखरेलले बताउनु भयो ।
प्रशिक्षक तथा कार्यक्रमका प्रमुख अतिथि एवंम ज्योति लाइफ इन्स्योरेन्स क.लि लुम्विनी प्रदेश प्रमुख चरण तिमल्सीनाले सहभागिहरुलाई प्रशिक्षण दिदै विमा लगानीको राम्रो ठाउं भएकाले सबैले विमा गर्न आग्रह गर्नुभयो । विमा गर्नाले भविष्यमा आफु लगायत परिवारलाई कुनै समस्या नपर्ने उहाँले बताउनु भयो । साथै उहाँले मानिसमा इच्छा सक्ति र चाहाना भएमा विमा क्षेत्रमा राम्रो गर्न सकिने हुदा सधै प्रयत्न गर्न अभिकर्ताहरुलाई आग्रह गर्नुभयो । ज्योति लाइफ इन्स्योरेन्स क.लि को भावि योजनको बारेमा बताउँदै सबैले विमाको महत्व ,तथा उदेश्य बुझेमा बचत गर्न गाह्रो नरहेको हुनाले खर्च कटाएर भएपनि विमा गरी सुरक्षित भएर बस्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै शेल्स एक्ज्युकेटिभ नवराज शर्माले ज्योति लाइफ इन्स्योरेन्स क.लि पाल्पा शाखालाई साथ दिई सहयोग गर्नु हुने सम्पुर्ण अभिकर्ता ,तथा बिमित लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो । साथै शाखा प्रमुख पारस प्रोखलेलले ज्योति लाइफ इन्स्योरेन्स लाई विश्वास गरेर आजसम्म सहकार्य गरी यहाँ सम्म आउन सहयोग गर्ने सबैमा आभार प्रकट गनुभयो ।










