राम खड्का ,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्कमा घरको छत बाट खसेर एक वृद्धको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको बुधवार बिहान आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
छत बाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












