
काठमाण्डौ ।
एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् ।
खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।



चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो ।
पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्।
यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेलेकोमा दुवै खेलमा चितवन विजयी भएको थियो।
ईपीएलका उपाधीे विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।








