
काठमाडौँ ।
देशभरको मौसमा सामान्यतया सफा रही केही क्षेत्रमा आंशिक बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली भने अहिले नरहेको मौसमविदले बताएका छन् ।



अहिले देशभरको मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।








