
पाल्पा ।
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको पोखराथोकमा सवारी साधनको ठक्करबाट बटुवाको मृत्यु भएको छ।
आइतबार बिहान सडकमा हिँडिरहेका बटुवाको सवारी साधनको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२ पोखराथोक छतिवनका ५९ वर्षीय श्यामबहादुर रोकाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।



पैदलयात्रु रोकाहालाई ठक्कर दिई फरार रहेको सवारी साधनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुई वटा शंकास्पद सवारी साधन नियन्त्रणमा लिएर सोधपुछको काम गरिरहेको प्रहरी निरीक्षक पचभैयाले बताए। प्रहरीले अहिले पाल्पाका विभिन्न चोक चोक तथा नाकामा सवारी साधन रोकी खोजीकार्य जारी राखेको छ।









