
काठमाडौँ ।
आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्षको अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ।
यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाका बारेमा चेतना जागृत गरिन्छ।



मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन्।

मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या, उपचारात्मक, प्रतिरोधात्मक तरिका, संवेदनात्मक सहयोग, प्राथमिक उपचारका बारेमा जनचेतना फैलाउनका लागि आइतबार नेपालमा पनि ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने मूल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाईँदै छ।
अहिलेको अवस्थामा कोभिड–१९ महामारीले थप मानसिक समस्या, नकारात्मक सोच र निराशावादी सोचको सिर्जना गरेकाले मानसिक स्वास्थ दिवसको महत्व अझ बढेको छ ।








