
गुल्मी ।
गुल्मीमा भतिजले चिर्पट प्रहार गरी ठुलीआमाको हत्या गरेका छन् ।
रेसुंगा नगरपालिका–१३ दुवीचौरका २५ वर्षीय प्रकाश विकले चिर्पट प्रहार गरी आफ्नी ठूलीआमा ६० वर्षीय पार्वती विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



आइतबार साँझ प्रकाशले चिर्पट प्रहार गर्दा पार्वतीको टाउकोमा गम्भीर चोट लागेको थियो । पार्वतीलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई ले बताए । प्रकाशलाई नियन्त्रण लिइएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।
ठूलीआमाको व्यवहार मन नपरेर चिर्पट प्रहार गरेको प्रकाशले प्रहरी समक्ष बताएका छन् । शवलाई अहिले गुल्मी अस्पतामा राखिएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।









