
काठमाण्डौ ।
नेपाल साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।
आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।
खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।



नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।








