
एजेन्सी ।
भारतको उत्तर प्रदेशको झाँसीमा एउटा ट्रयाक्टर ट्रली पल्टिँदा चार बालबालिका र सात महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार चिरगाउँ क्षेत्रमा भएको यो दुर्घटनामा ६ जना घाइते भएका छन्। पुलिसका अनुसार जब अचानक एउटा जनावर अगाडि आयो, चालकले ब्रेक लगाए, जसको कारण ट्रयाक्टर ट्रली पल्टिएको हो ।



एसएसपी शिवहरी मीनाका अनुसार मध्य प्रदेशको पाण्डोखारबाट करिब ३० परिवार जिल्लाको एउटा मन्दिरको दर्शन गर्न जाँदै थिए।
समाचार एजेन्सी एएनआईका अनुसार यो मुख्यमन्त्री कार्यालयमा भनिएको छ कि सीएम योगी आदित्यनाथले अधिकारीहरुलाई राहत र उद्धार कार्यको व्यवस्था गर्न र घाइतेहरुको उचित उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्।









