
काठमाडौं ।
माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् ।
माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो ।
यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।



नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो ।
उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका लागि सहज भने छैन ।
उता भारतले पनि नेपाललाई आफूले बलियो प्रतिष्पर्धीको रुपमा मानेको बताएको छ ।








