काठमाडौं ।
गोरखामा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।
केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो । यो भूकम्प पछि सयौँ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।



गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।








