
काठमाडौ ।
यसवर्ष सयपत्री फूलको आयत बढ्ने भएको छ।
विगतका वर्षहरुमा कुल खपतको १० प्रतिशत सयपत्री फूल भारतबाट आयात हुने गरेकोमा यो वर्ष बढेर १५ प्रतिशत आयत हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।



केहि दिन अघिको बेमौसमी भारी वर्षाले पनि फूलखेतीमा क्षति भएकोले आयात बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। उनका अनुसार बेमौसमी वर्षाले लुम्बिनी प्रदेशमा फूलखेतीमा बढि नोक्सान पु¥याएको छ।
तिहारमा १५ लाखको हाराहारीमा सयपत्रीको माला खपत हुने गर्छ। १५ लाखमा यो वर्ष २ लाखदेखि साढे २ लाख वटासम्म माला भारतबाट आयात हुने अनुमान गरिएको तामाङले जानकारी दिए।
तिहारका लागि मखमली र गोदावरी फूल भने स्वदेशकै उत्पादनले पुग्ने एसोसिएसनले जनाएको छ । तिहारमा मखमली र गोदावरीको करिब ३ लाख माला खपत हुन्छ।








