
बिनोद भारती पाल्पा २०७८ ,कार्तिक १०
नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखामा संचालीत समावेशी खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्र्तगत तानसेन नगरपालिका, यूनाईटेड मिसन अस्पताल र पाल्पा लायन्स लाकौल आँखा अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरीएको छ । कार्यक्रममा शाखाका सभापति बुद्धि प्रसाद शर्माले यस महामारीको समयमा अक्सिजनको अभावमा बिरामीहरुलाई समस्या भैरहेको हुनाले उक्त समस्यालाई मध्यनजर गर्दै अक्सिजन वितरण गरीएको बताउनु भयो । त्यस्तै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले रेडक्रसले बिपदमा निरन्तर काम गर्दै आएको र नगरपालिका संग सहकार्य हुदै काम भैरहेको बताउदै यस अक्सिजन सिलिन्डरले अति आवश्यक भएको समयमा प्रयोग गर्ने र सही सदुपयोग गर्ने बताउनु भयो । कार्यक्रममा ८ वटा अक्सिजन सिलिन्डर वितरण गरीएको थियो । कार्यक्रममा रेडक्रसमा लामो समय देखी एम्बुलेन्स चालकको रुपमा रहेका चालकहरुलाई ने ।रे।सो केन्द्रीय स्वास्थ्य सेवा विभाग अन्र्तगत २ वटा एम्बुलेन्स चालकलाई जनही २० हजार प्रोत्साहन रकम उपलव्ध गराईएको थियो ।













