
दिपक भट्टराई, अर्घाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका -२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एशिया नेपालले कोभिड– १९ प्रतिकार्यको लागि स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ । ३ लाख रुपैंया बराबरको फार्मेसी रेफ्रीजिरेटर हस्तान्तरण गरिएको एशिया नेपालका परियोजना प्रबन्धक ईन्जिनियर सुनिल खनालले बताए । यस अघी पनी यस संस्थाले १४ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर, सि क्याप डिभाइस, हस्पिटल माक्र्स, अक्सिमिटर लगायत २४ प्रकारको कोभिड प्रतिकार्य सामग्री प्रदान गरिएको उनले जनाए ।




छत्रदेव गा.पा. अध्यक्ष लेखनाथ पोख्रेल, छ्त्रदेव -२ का वडा अध्यक्ष तथा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार पन्थी लगायत प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी र स्थानीय वासीको उपस्थितिमा सस्थांका परियोजना प्रबन्धक सुनिल खनालले हस्तान्तरण गर्नु भयो । प्राप्त सहयोग सामाग्री बुझ्दै छ्त्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल ज्यु ले मन्तव्यका क्रममा प्राप्त रेफ्रीजिरेटर बाट सम्पुर्ण छत्रदेव वासी नै लाभान्वित हुने जनाउनु भयो। छ्त्रदेव -२ का वडा अध्यक्ष तथा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार पन्थी ज्यु ले आवश्यक खोप भण्डारण सहज हुने बताउनु भयो। बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बिष्णु खनालले यो प्राप्त सहयोग मार्फत यश केन्द्र बाट दिईने खोपको प्रभावकारिताको सुनिस्चितता हुने भनाई राख्नुभयो । उक्त कार्यक्रममा एसिया नेपालका परियोजना प्रबन्धक ईन्जिनियर सुनिल खनालले हस्तान्तरण गरिएको रेफ्रीजिरेटरको उचित प्रयोग गरि छ्त्रदेब वासी सम्पुर्ण जनता हरुलाई सेवा दिनुहुनेछ भनी न्यानो आथित्यता साथै सम्मानको लागि धन्यवाद दिनु भयो। कार्यक्रममा उपस्थित अथितीहरुले एसिया नेपाल लगायत यो सामाग्री ल्याउन विशेष पहल गर्नु हुने छ्त्रदेव ३ निवासी तथा एसिया नेपालका परियोजना प्रबन्धक ईन्जिनियर सुनिल खनाल लाई धन्यवाद दिनुभयो।










