
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्दैछ।
देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।महराका अनुसार हालसम्म करिब आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएका छन्।



माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न भनेको छ। निर्वाचन हुने अवस्था आए मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरिएको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रले यही मंसिर ११ गते सबै स्थानीय तह र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ। आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ।








