
दिपक भट्टराई मंसिर ४ ,पाल्पा
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाको आठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष भरत घिमीरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काग्रेस जिल्ला सभापति तथा लुम्विनी प्रदेश उर्जा ,जलस्रोत तथा सिचाँई मन्त्री विर वहादुर राना तथा विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी जगनाथ पन्त रहनु भएको थियो । भेलाले आठौ अधिवेशन सम्पन्न गदै रवि अर्यालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नव गठित समितिहरुमा अध्यक्ष रवि अर्याल,उपाध्यक्ष खुल्ला लिलामणि बश्याल, उपाध्यक्ष महिला मन्जु खनाल,उपाध्यक्ष समावेशी मजिवुर रहमान शेख,सचिव चन्द्र बहादुर वली सह सचिव अर्जुन पाण्डे कोषाध्यक्ष कृष्ण प्रसाद भट्ठराई रहनु भएको छ भने सस्दयहरुमा पारसमणि पाण्डे,शिवलाल अर्याल भगवती के.सी,गणेश प्रसाद आचार्य ,बैकुण्ठ कोइराला ओम प्रकाश न्यौपाने ,युवराज पन्थी एलिसा सारु थापा र टिका बहादुर बाँठा चयन हुनु भएको छ ।अधिवेशनले ५ जना केन्द्रिय प्रतिनिधि समेत निर्विरोध चयन गरेको छ ,जसमा जिवन राना ,भरत राज घिमिरे,शंकर पुरी ,विजय भट्ठराई र योगेश पन्थी रहनु भएको हो ।




अधिवेशनबाट १७ जना सेवा निमृत कर्मचारीहरु तथा पृर्व अध्यक्ष लिला अर्याललाई दोसल्ला ,प्रमाण पत्र ,खादा तथा मायाको चिनोबाट सम्मान गरीएको थियो ।अधिवेशनमा प्रमुख अतिथि नेपाली काग्रेस जिल्ला सभापति तथा लुम्विनी प्रदेश उर्जा ,जलस्रोत तथा सिचाँई मन्त्री विर वहादुर राना तथा विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले अधिवेशनको सफलताको कामना गदै शुभकामना मन्तब्य व्यक्त गर्नुभएको केन्द्रिय प्रतिनिधि तथा निर्वतमान अध्यक्ष भरत घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनियन समितिका केन्द्रिय उपाध्यक्ष तथा लुम्विनी प्रदेश संयोजक मदन गौतम,केन्द्रिय उपाध्यक्ष विनोद अधिकारी ,नेपाल निजामती कर्मचारी युनियनका सचिव गणेश भण्डारी तथा केन्द्रिय सदस्य इन्द्र शर्माको उपस्थिति रहेको थियो । अधिवेशन निर्वाचन अधिवक्ता शिव प्रसाद देवकोटा तथा मतदान अधिकृत अधिवक्ता ईश्वरी प्रसाद देवकोटाको रोहबरबाट नयाँ कार्यसमिति तथा केन्द्रिय प्रतिनिधि सर्वसहमत चयन गरिएको केन्द्रिय प्रतिनिधि विजय भट्ठराईले जानकारी दिनुभयो ।









