
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ। माओवादी केन्द्रले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा स्थानीय तह स्तरीय सम्मेलन आयोजना गरेको हो।
स्थानीय तह सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। शनिबार अध्यक्ष प्रचण्डले सबै स्थानीय तह सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन्।



माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ। यी मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ। आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ।
माओवादीले सबै स्थानीय तहको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ।पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ। सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ।
माओवादीले वडा सम्मेलन, स्थानीय तह सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ। माओवादीले पार्टीले विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ। प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिनाअगाडि नै गठन भएका थिए।
रमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए। सबै स्थानीय तह अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न माओवादी केन्द्रले विशेष परिपत्र गरिएको जनाएको छ।








