
काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ भिड्ने छन्।



दुबै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन्। च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले पराजित भएको थियो।
खेल दिउँसो १ बजे सुरु हुनेछ।
त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्।
हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १–० को संघर्षपूर्ण जित निकालेको थियो।
मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।








