
बुटवल ।
रुपन्देहीको भैरहवामा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको प्रहरीले जनाएको छ ।



बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले बाबुछोरा सवार रहेको ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घनापछि घाइते भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्याय रुपन्देहीले जनाएको छ ।









