
काठमाण्डौ ।
पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।



पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।
राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ ।








