
कृष्ण परियार ,सन्धिखर्क ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
लु १ ज १७२६ नम्बरको जिपले भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीलाई ठक्कर दिदा आयनको मृत्यु भएको हो ।



सन्धिखर्कबाट सोमबार दिउसो ४ः४५ मा खिल्जीको लागी छुटेको जिपले ठक्कर दिंदा घाईते भएका बालकको जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।
बालकले एक्कासी बाटो काट्ने क्रममा जिपले ठक्कर दिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
ठक्कर दिने जिप र सवारी चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









