
गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिइएको छ ।
बाला चतुर्दशीको अवसरमा वडा नम्बर ४ को शान्तिपुरमा हुने चक्रेश्वर मेलाको लागी सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए ।



चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा सतबिज छर्ने पर्वको अवसरमा लाग्ने चक्रेश्वर मेला यस क्षेत्रमा प्रख्यात छ । हिन्दु धर्म अनुसार बाला चर्तुदर्शीको अवसरमा सतबिज छर्नाले पूण्यलाभ हुने जनविश्वास रहेको छ ।
चक्रेश्वर मेलामा जिल्लाका विभिन्न ठाउँका साथै छिमेकी जिल्लाहरु बाट समेत तीर्थालु भक्तजनहरु आउने गरेको अधिकृत क्षेत्रीले बताए ।









