
रुकुम पश्चिम ।
ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा चालकको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका– ७, औलमा ट्याक्टर पल्टिँदा चालक सोही ठाउँका २६ वर्षीय करण नेपालीको मृत्यु भएको हो ।



राडी बजारबाट औलतर्फ जादै गरेको रा १ त ४४१२ नम्बरको खाली ट्याक्टर शुक्रबार बिहान एक्कासी सडकमा पल्टिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार ट्याक्टरमा सवार चालक नेपालीकी १९ वर्षीया श्रीमती सपना नेपाली घाइते भएकी छिन् ।
उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








