
दिपक भट्टराई पाल्पा, मंसिर १९
स्वास्थ्य जीवनशैली हाम्रो आवश्यकता संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भन्ने नाराका साथ रिब्दीकोट गाउँपालिका पाल्पाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा ७२ जना महिला सामुदायिक स्वयंसेविकमहरुलाई गाउँपालिकाले झोला , प्राथमिक उपचार बक्स .१० थरि मेडिसिन सहित कारितास नेपाल बाट प्राप्त कोभिड नियन्त्रण तथा रोकथाममा प्रयोग हुने पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, माक्स, सेनिटाईजर, हेन्ड वास , साबुन लगायत का सामाग्री झोला समेत सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई वितरण गरेको थियो भने पालिका भित्र काम गर्ने उत्कृष्ट ८ जना सामुदायिक स्वयंसेविकमहरुलाई नगद तथा सम्मानपत्र बाट सम्मान गरेको छ। समुदायमा रहेर निरन्तर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्य स्वयंमसेविकालाई गाउँपालिकाले प्रोत्साहान र मनोबल वृद्धिको लागि सम्मान गरेको रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो । साथै उहाँले यस्ता कार्यक्रमले समुदाय स्तरमा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य स्वयंमसेविकाको हौशलाको बढने हुनाले थप काम गर्न सजिलो हुने समेत बताउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले सम्मानित सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई बधाई दिदै समुदायका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन स्वायंमसेविकाले खेलेको भुमिकाको प्रसंशा गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले रिब्दीकोट गाउँपालिका भित्र स्वास्थ्य स्वायंमसेविका योगदान महत्वपुर्ण रहेको भन्दै आगामी दिनमा समुदाय स्तरमा दिने सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।




कार्यक्रममा खस्यौली प्राथमिक स्वास्थ्य चौकिकी प्रमुख डा.सच्चु थापाले प्राथमिक स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने विषय,औषधीको प्रयोग गर्ने तरिका लगायतको बारेमा जानकारी दिनुभएको थियो भने सुआहारा पाल्पाका पोषण तथा स्वास्थ्य अधिकृत विनोद पोखरेलले सामुदायिक स्वास्थ्यको गुणस्तर वृद्धिमा स्वयंमसेविकाको भुमिका विषयक प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष डिल बहादुर रास्कोटी,८ का वडाअध्यक्ष नारायण लाम्टाङे,वडा नं २ का वडा अध्यक्ष रामचन्द्र नेपाल,लेखा प्रमुख मञ्जु पन्थी,शिक्षा शाखा प्रमुख मणि खनाल, ई.सुन्दर प्रोखरेल योजना शाखा प्रमुख काशिनाथ आचार्य, सुचना प्रविधि अधिकृत ई.हेमेन्द्र कुँवर पालुङ्ग मैनादी आयुर्वेदक औषधालायका प्रमुख रोमहश नेपाल, सल्लाहाकार शिव जिसि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सिनियर नर्स सरस्वती तिमिल्सेनाको स्वागतम तथा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको सञ्चालन,सम्पन्न भएको थियोे ।









