
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ।
त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो।



शैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि खुला गरिएको विषयमा इच्छुक विद्यार्थीहरूले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म दोब्बर शुल्कमा आवेदन दिन सक्ने विश्वविद्यालयले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।









