
तनहुँ ।
तनहुँमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर पाल्पा रामपुर –७ का १९ वर्षीय सागर ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।
घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।








