
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान विचार भएका समूह, संस्था र पार्टीसँग एकताका लागि चार सदस्यीय वार्ता समिति गठन गरेको छ।
महाधिवेशपछि बसेको पहिलो केन्द्रीय कार्य समितिको बैठकले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी र पुष्पराज पुरुष सदस्य भएको समिति गठन गरेको हो।



बैठकले आगामी स्थानीय तहको निर्वाचन केन्द्रित गरेर महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्रा.गीताभक्त जोशी सदस्य सचिव रहेको स्थानीय निर्वाचन परिचालन समिति पनि बनाएको छ।
त्यसैगरी महामन्त्री कुन्तीकुमारी शाहीलाई पार्टी पदाधिकारी र सदस्यले बुझाउनुपर्ने लेबीको निर्धारण गर्ने जिम्मेवारी दिइएको छ। बैठकले सबै भातृ संगठनलाई १५ दिनभित्र आगामी तीन महीनाभित्र महाधिवेशन गर्ने कार्ययोजना पेश गर्न निर्देशन समेत दिएको छ।









