
सन्धिखर्क ।
लागू औषध मुद्धामा फरार अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन ।
अर्घाखाँचीको पाणिनी गाउँपालीका ८ साविकको पाली २ का ६२ बर्षिय रोसन अली मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको खनालले जानकारी दिए ।



लागू औषध मुद्धामा गुल्मी जिल्ला अदालतबाट २०६४ असार १० गते ३ बर्ष कैद सजाय तोकेको थियो । तर उनि फरार रहेका थिए ।
अलीलाई नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्लाप्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।









