
बुटवल ।
रुपन्देही उद्योग संघमा आवद्ध प्रकाशन तथा छपाई उद्योगीहरुको भेलाले प्रकाशन तथा छपाई वस्तुगत समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुदा सदस्य उद्योगीहरुलाई सक्रिय हुन आग्रह गर्नु भयो ।



उहाले क्षेत्रगत समस्याहरुको पहिचान गरि त्यसको समाधानका लागि सामुहिक पहल गर्न संघ सधै लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष पौडेलले आफु र आफ्नो नेतृत्वमा रहेको उद्योग संघ उद्योग र उद्योगीको संरक्षण र सम्वद्र्धनका लागि सदैव कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गर्दै नव गठित प्रकाशन तथा छपाई वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले वस्तुगत समितिहरु संघको जगको रुपमा रहेको हुदा त्यसलाई क्रियाशिल बनाउन आग्रह गर्नु भयो । वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलालाई स्वागत गर्नुहुँदै पराजुलीले वस्तुगत समिति गठनको उद्देश्य र समितिको जिम्मेवारी सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
भेलाले प्रकाश अफसेट प्रेसका संचालक प्रकाश खनालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।गठित समितिको सहसंयोजकमा मयुर अफसेट प्रिटिङ्ग प्रेसका अर्जुन सापकोटा, सचिवमा शुभ वैदेही अफसेट प्रेसका अभिनय कुमार महतो र सदस्यहरुमा एस.के. अफसेट प्रेसका मधुसुदन पोखरेल, सुपर एलजी संचालक गणेश पाण्डे, गोल्डेन लिफ क्रियसनका नर बहादुर राना र वेष्ट प्रिन्ट हवका संचालक फर्सुराम न्यौपाने चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कार्यसमिति सदस्य राजु घिमिरे, पूर्व सहकोषाध्यक्ष गिरीराज गैरे, पूर्व कार्यसमिति सदस्य बिष्णु प्रसाद तिवारी घनश्याम घिमिरे, हरि पहारी र उद्योगी लिलाधर लुईटेललाई चयन गरेको छ ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष बिष्णु तिवारीले मुद्रण क्षेत्रको समस्याहरुको पहिचान गरी समाधानका लागि रुपन्देही उद्योग संघ र मुद्रण उद्योग महासंघबीच सहकार्यमा जोड दिनुभयो ।
कार्यक्रममा संघका कोषाध्यक्ष हिरामणी भट्टराई, महिला सचिव मञ्जु भुसाल, संघका कार्यसमिति सदस्य माधब प्रसाद नेपाल, राजु घिमिरे, लालप्रसाद बस्याल, विशाल बेलबासे, टंकनारायण आचार्य र प्रकाशन तथा छपाई उद्योगीहरुको उपस्थिति रहेको थियो ।
नव गठित प्रकाशन तथा छपाई वस्तुगत समितिका संयोजक प्रकाश खनालले सम्बन्धित उद्योगीहरुका समस्याहरु पहिचान गरी संघ सम्मल्याई पु¥याउन आफुले पहल गर्ने र संघका हरेक गतिविधिहरुमा सहभागि हुने जनाउनु भयो ।
कार्यक्रमको संचालन संघका महासचिव हरि बहादुर खत्रीले तथा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटाले गर्नु भएको थियो ।









