
दिपक भट्टराई मंसिर २४



तिनाउ गाँउपालिका र ,हेफर नेपालको साझेदारी तथा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहजीकरणमा संचालित तिनाउ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्र्तगत तिनाउ गाँउपालिका वडा नं. ५ कोलडाँडामा रहेको कोलडाँडा महिला उद्यमी समुहलाई बिउ वाख्राको रुपमा माउ पाठी वितरण गरिएको छ । तानसेन नगरपालीका वडा नं. १३ लुहुगं वाट खरीद गरी आज पहिलो चरणमा २५ वटा वाख्रा र एउटा विउ बोका वितरण गरिएको छ । कोलडाँडा उपभोक्ता समितिका पदाधिकारी, तिनाउ ५ का वडा सदस्य, मूल समुहका सदस्यहरु र सहजीकरण गर्ने संस्थाका कर्मचारीको समन्वयमा जमुनापारी प्रजातीका वाख्रा वितरण गरीएको हो । किसानले किसानकै घरवाट आफैले छानेर जिउदो वाख्रा खरीद गर्नपाएकोमा खुसी व्यक्त गदै तिनाउ ५ का वडा सदस्य हस्त बहादुर आले तथा कोल्डाँडा उपभोक्ता समितिका सचिव चन्द्रा आलेले सहयोग गर्ने गाँउपालिका ,हेफर तथा सामाजिक श्रोत विकास केन्द्र नेपाललाई धन्यावाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग तथा सहकार्य को अपेक्षा व्यक्त गरेको बताए ।

वाख्रा तिनाउ गा.पा. वडा नं. २ मारावासमा रहेको प्रगती महिला उद्यमी समुह र झ्याङलामा रहेको मिलिजुली महिला उद्यमी समुहलाई ९२ वटा माउ पाठी र २ वटा बिउ वोका वितरण गरिएको छ । कार्यक्रममा तिनाउ गाँउपालिका अध्यक्ष ओम बहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, प्रवक्ता एवं वडा अध्यक्ष राजेश श्रेष्ठको उपस्थितिमा समुहका सदस्यलाई वितरण गरिएको हो । यसरी वितरण गरीएका सम्पूर्ण वाख्राको अनिवार्य विमा गरि वितरण गरिएको सामाजिक श्रोत विकास केन्द्रका परियोजना संयोजक शिव शंकर न्यौपानेले बताउनु भयो । त्यस्तै अन्य मूल समुहमा बंगुरका विउ पाठी र उपहार समुहमा विउ वोका वितरण गरिएको छ ।










