
पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म रातीको समयमा बन्द रहने भएको छ । बुटवलको सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक चौडा गर्न मंगलबारदेखि १५ दिन सम्म बाटो बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सूचना जारी गरी मंसिर २८ गते मंगलवारदेखि पुस १३ गते मंगलवारसम्म सडक बन्द गर्ने जनाएको छ ।



सडक चौडा गर्नको लागि बाटो बन्द गरी पहाड काट्नुपर्ने भएकाले सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालय पाल्पा बिच भएको छलफलबाट दैनिक राती ९ः३० बजेदेखि विहान ४ः०० बजेसम्म सडक बन्द गरिने भएको हो ।










