
प्यूठान ।
युवक हत्याको आरोपमा प्यूठानमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भण्डारीहरुको कूल पूजा हेर्न गएका मोहन महत्तरालाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।



उनका अनुसार पक्राउ पर्नेमा प्युठानका प्रशन्न भण्डारी र कुवेर मगर रहेका छन् ।
भण्डारी र मगरले मंसिर २४ गते कूल पूजामा झगडा हुँदा महत्तरालाई कुटपिट गरी हत्या गरेको डीएसपी थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।









