
दिपक भट्टराई,२८ मंसिर पाल्पा



भण्डारी एग्रोभेट सेन्टरले तानसेन नगर पालिका वडा न ९ का कृषकहरुलाई निशुल्क उन्नत जातको गहुँको विउ वितरण गरेको छ ।कृषि खेती गर्न खोज्ने तर उन्नत बिउ परिबर्तन गर्न खोजेका किसानलाई कृषिमा आत्म निर्भर बनाउन तथा उत्पादनमा वृद्धि होस भनि गौतम जातको उन्नत गहुँको विउ निशुल्क वितरण गरिएको भण्डारी एग्रोभेट सेन्टरका सन्चालक विष्णु भण्डारीले बताउनु भयो । गौतम जातको उन्नत गहुँ धेरै फल्ने ,खादा मिठो समयमा पाक्ने हुदा विउ किसानहरुको रोजाईमा पर्ने सन्चालक भण्डारीको भनाई छ ।विउ वितरण कार्यक्रममा तानसेन नगर पालिका वडा न ९ का कृषि शाखा प्राविधिक प्रमुख सुस्मा चापाँगाईले गहुँको विउ लगाउने तरिका,मल तथा सिँचाई प्रविधिको बारेमा कृषकहरुलाई जानकारी दिनुभएको थियो । कृषकहरुलाई निशुल्क गहुँको विउ वितरण गरेर कृषि कार्यमा सहयोग गरेको भन्दै किसानहरुले भण्डारी एग्रोभेट सेन्टरका सन्चालक विष्णु भण्डारीलाई धन्यवाद दिएका थिए ।करिब ७० हजार बराबरको गौतम जातको उन्नत गहुँको विउ वितरण गरिएको हो ।










