
कृष्ण परियार मंसिर २८ ,सन्धिखर्क ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । गाउपालिकाको आफ्नै प्रशासकिय भवन निर्माण संपन्न भएसंगै गाउपालिकाले आफ्नै प्रशासकिय भवनबाट पालिका बासिको लागी सेवा सुविधा प्रदान गर्ने भएको हो । गाउपालिकाले आफ्नो नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । लुम्बिनि प्रदेशका पुर्व कानुन तथा न्याय मन्त्री एवम् प्रदेश सभा सदस्य चेतनारायण आचार्यले एक कार्यक्रमका बिच भवनको उद्घाटन गर्दै पालिका बासीले अव सहजरुपमा सेवालिन सक्नेमा आशावादी रहेको बताए । आचार्यले भवनको उद्घाटन गर्दै मालारानी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको समेत बताएका छन् । उनले देशमा संघियता आएसंगै जनताले गाउ गाउँमै सिंहदरवारको अधिकारलाई गाउँ तहसम्म ल्याएको आभास लिन पाएको र सजिलै आफ्ना प्रशासनिक कामहरु संपन्न गर्न सक्ने अवस्था सिर्जना भएकोमा खुसी समेत व्यक्त गरे । उनले जनताको कामलाई प्रमुखताका साथ गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्दै आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि, विभिन्न विकासका निर्माणका लागि बजेट भित्राउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । खनदह बजार नजिकै जयमाता इन्जिनरिङ्ग कन्स्ट्रक्सन प्रालि र खाँची निर्माण सेवा काठमाडौंले करिव ३ कोरोड ३० लाखको लागनमा भवन निर्माण गरेको हो । २०७७ मंसिर २३ गते ०७८ पौषमा निर्माण संपन्न गर्ने गरि सम्भौता गरिएकोमा सम्झौता समय भित्रै निर्माण संपन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि।क।, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि प्रदेश सभा सदस्य आचार्यले गाउँपालिकाले निर्माण गर्न लागेको भागिरथि स्मृति प्रतिष्ठान केन्द्रको शिलान्याश र जडिबुटी संकलन केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन समेत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु, मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री , आर्युबेद स्वास्थ केन्द्र का प्रमुख डा। अर्चना शुक्ला पालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस् हरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियोे । कार्यक्रममा जग्गा दाता तथा प्राबिधिक हरुलाइ सम्मान समेत गरिएको छ। गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यको अध्यक्षता मा सम्पन्न कार्यक्रम प्राबिधिक हरिषचन्द्र पान्डेको संचालन मा संपन्न भएको हो ।












