
काठमाडौँ ।
सर्वोच्च अदतलतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको पूर्ण बैठकले उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोला प्रणाली अपनाउने निर्णय गरेको हो ।
उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्नका लागि कानुनी व्यवस्था गर्न फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।



सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो ।
गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नका लागि निर्देशिका तयार पार्न पनि फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीश बसेर फुलकोर्टले निर्णय गरेको थियो ।
उक्त निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका छन् । सर्वोच्च अदलातमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ ।








