
काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बैठकको विषय भने खुलाइएको छैन ।



बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ ।
एमालेको अवरोधका कारण संसदको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । यस्तै संसदमा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन ।








