
बुटवल ।
स्वास्थ्य समस्याको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा नेपाल स्वस्थ्य अनुसन्धान परिषद्को शाखा कार्यालय स्थापना गरिएको छ ।
परिषद्ले सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आम्दा अस्पताल परिसरमा लुम्बिनी प्रदेश ईकाई कार्यालय स्थापना गरिएको परिषद्का कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले जानकारी दिएको हो ।



नागरिक स्वास्थ्यको अवस्था, रोग लाग्नै नदिने उपायको खोजी र रोग लागेपछि समाधानका उपाय लगायतमा अनुसन्धान गर्न कार्यालय खोलिएको उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालयअन्तरगतको परिषद्ले आफै र अन्य संस्थामार्फत स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान गर्ने र स्वास्थ्य, नीति तथा मापदण्ड बनाउन सघाउने गरेको छ ।









