
काठमाडौं ।
मंसिर महिनामा मात्रै ३६८ जना शिक्षकले राजीनामा दिएका छन् ।



राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले जागिरको अवधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या धेरै देखिएको बताए ।
मंसिर महिनामा समयावधि बाँकी हुँदै निवृत्तिभरण पत्र लिनेको चाप बढेपछि विश्लेषणको लागि तथ्यांक निकालेको महानिर्देशक खकुरेलको भनाई छ ।
विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खटाइएका, जागिर छाड्दा स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ता पाउने र आउने निर्वाचनमा भाग लिन चाहेका शिक्षकहरुले निवृत्तिभरण पत्र लिएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयले जनाएको छ ।
कति शिक्षकले कुन कारणले राजीनामा दिए भन्ने विषयमा भने अहिले नै भन्न नसकिने महानिर्देशक खकुरेलले बताए ।








