
दाङ ।
लागूऔषध खैरो हिरोइन १५० ग्राम सहित दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरीको अमेलियाबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।



पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो निवासी ४५ वर्षीय चन्द्रा राना र भारतको उत्तरप्रदेश जिल्ला बहराइच मन्सुरगञ्ज निवासी १८ वर्षीय समिर अंसारी रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले दुई थान मोबाइल र नगद चार हजार रुपैयाँ बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









