
काठमाडौं।
कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फेलिएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको हो । भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३६ पुगेको छ ।



यसमध्ये १०४ जना निको वा अन्यत्र गइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । त्यहाँ हालसम्म ६५ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
ओमिक्रोनका संक्रमित धेरै हुने दोस्रो स्थानमा दिल्ली रहेको छ । दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
त्यस्तै, तेलाङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा २१ र केरलमा १५ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ









