
दाङ ।
दाङमा गुडिरहेको टिपरमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २३१२ नम्बरको टिपरमा आगलागी भएको हो ।



शुक्रबार साँझ करिब ८ बजेतिर बालुवा लिएर आउँदै गरेको टिपरको वायरिङ सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
घोराही ३ स्थित मुसोटको उकालोमा आगलागी भएकाले टिपरको पूर्ण क्षति भएको छ । तर, मानविय क्षति भने भएको छैन ।









