
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
शनिबार बिहान काठमाडौं उपत्यकाका केही स्थान र तराईका अधिकांश भेगमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। अन्य स्थानको मौसम सामान्यतः सफा रहेको छ।



दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
यस्तै,
हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेको छ। चिसोले जनजीवन कष्टकर भएको स्थानीय अधिकारीले बताएका छन्।








