
बुटवल ।
रुपन्देहीको बुटवलमा निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको शिलान्यास गरीएको छ ।
मध्य कमाण्ड हेडक्वार्टर अन्तर्गत निर्माण हुन लागेको सैनिक अस्पताल र सैनिक विद्यालय भवनको प्रधान सेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् ।



सबै प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप निर्माण हुन लागेका उक्त अस्पताल तथा विद्यालयको शिलान्यास कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको सेनाले जनाएको छ ।
उक्त शिलान्यास कार्यक्रम पछि प्रधान सेनापति शर्माले ऐतिहासिक जितगढी किल्लाको भ्रमण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेको सेनाले जनाएको छ ।









