
काठमाण्डौ ।
नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ ।
आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधि जितेको हो ।



बङ्गलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्यो । यस्तै दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो ।
त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो ।योसँगै खेल २–२ को अवस्थमा पुग्यो ।
त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेको हो । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयो ।
नेपाल गएको संस्करणको पनि विजेता टोली हो ।








