
बुटवल ।
वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् ।
चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाले बुधबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।



नगर कार्यपालिकाको वैठकले हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी जाडो बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र देव भारतीले जानकारी दिए ।
बुटवलमा सामुदायिक ३८ र संस्थागत(निजी) ५८ विद्यालय रहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजार बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।









