
काठमाडौं ।
नेपाली कथानक चलचित्र ‘कठपुतली’ आजबाट प्रदर्शनमा आएको छ ।
चलचित्रमा परिवार परित्याग गरेको एक राजकुमार दरबारमा रहँदा सामना गर्नुपरेका रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षको हरर कथा समावेश छ ।



चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायत कलाकारहरुको अभिनय ।
हरर जनरामा निर्माण भएको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर चलचित्रका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी छन् ।









