
दाङ ।
दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ३३ वर्षका सुमन केसीको मृत्यु भएको हो।केसीलाई शुक्रबार बिहान अन्दाजी चार बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।



तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण–६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो। ठक्कर दिने गाडीको पत्ता लागेको छैन्। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए। शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कारबाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन्।









